दार्चुला । दार्चुलामा तुइन चुँडिएर एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । व्यास गाउँपालिका-२, दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मंगलबार दिउँसो करिब १२ बजे तुइन चुँडिएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीका अनुसार बुढाथोकी दुम्लिङबाट भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुँडिँदा उनी महाकालीमा खसेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
दार्चुलाका शिक्षकले पाए तलब, भत्ता