काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी रहेको बताएका छन् ।
मुस्लिम धर्मावलम्बीहरूलाई बकर ईदको अवसरमा शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम(लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन् ।
प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम(लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ ।’
साथै, उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताएका छन् ।
समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको भन्दै प्रचण्डले यस प्रकारका चाडपर्वहरूको सम्वर्धन र प्रवर्धन गर्नु सबैको साझा दायित्व रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’