काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’
जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।
अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार