काठमाडौं । तत्कालीन नेकपा हुँदाका सचिवालय सदस्यहरुबीच छलफल भएको छ ।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठका बीच छलफल भएको हो ।
उनीहरु सबै तत्कालीन नेकपाको सचिवालयमा थिए । ओलीलगायतका एमालेमा रहेका तत्कालीन सचिवालयका नेताहरु भने बैठकमा सहभागी भएनन् ।
बैठकका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससङ्गको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु
कांग्रेसले बोलायो संसदीय दलको बैठक
सत्ता पक्षीय दलको बैठक बस्दै
आज साँझ जनमत पार्टीको बैठक बस्दै
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान