एजेन्सी । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोली काण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो।
गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६ः २० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।
घटना बारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ असार २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा