एजेन्सी । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोली काण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो।
गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६ः २० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।
घटना बारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ असार २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट