काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पुनः बस्ने भएको छ। बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज शुक्रबार दिउँसो २ बस्ने भएको हो।
हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्स निकालिएको थियो। १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेकोसमेत आरोप लगाएका छन्। देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी : 'प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो'
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
कर्मचारीमा कम्तिमा २ वर्षको कुलिङ समय राख्नुपर्छ : शेखर कोइराला