काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको हो । सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् ।
थापा ढिलो गरी बैठकमा पुगेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ ।
कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् । जारी भेलामा संस्थापन र संस्थापनइतर समूहमा ६०÷४० को भागबन्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी : 'प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो'
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
कर्मचारीमा कम्तिमा २ वर्षको कुलिङ समय राख्नुपर्छ : शेखर कोइराला