कर्णाली संसद्‍मा एमालेको अवरोध

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, ११ : ५६
कर्णाली संसद्‍मा एमालेको अवरोध

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक तीन दिनदेखि चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाउँदै सभा अवरोध गर्दै आएको छ ।

बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको हो ।

बजेटका सन्दर्भमा प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बेवास्ता गरेको एमालेको आरोप छ ।एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिंदा पनि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको बताए ।

अध्यादेशबाट बजेट ल्याउँदा पनि आफूहरूले बजेटलाई जनपक्षीय बनाउन सुझाव दिंदा सरकार सहमतिअनुसार अगाडि नबढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस