काठमाडाैँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हँुदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, ११ : ५५
लेखकबाट थप