१०१ वर्षका पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका गार्डलाई पाँच वर्षको जेल सजाय

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, ११ : ३९
१०१ वर्षका पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका गार्डलाई पाँच वर्षको जेल सजाय

काठमाडाैँ । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ।

जोसेफ सुएज विश्वयुद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन्।सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको प्रधानन्यायाधीश उडो लेचरम्यानले बताए।

उनको वृद्धावस्थालाई विचार गर्दा सुएज जेल जान नपर्ने सक्ने बताइएको छ। लिथुआनियामा जन्मेका सुएज अहिले ब्रान्डनवर्ग राज्यमा बस्छन्। उनले आफू निर्दोष भएको बताउँदै आएका थिए।शिविरमा भएको घृणित अपराधको बारेमा आफू अनभिज्ञ भएको उनले बताउँदै आएका थिए।‘मलाई थाहा छैन म यहाँ किन छु’, नाजी युद्ध अपराधको मुद्दामा सुनुवाइका क्रममा उनले भनेका थिए।अभियोजनकर्ताले सुएजले ‘स्वेच्छाले’ शिविरमा ३ हजार ५१८ कैदीको हत्यामा भाग लिएको भन्दै उनलाई पाँच वर्षको सजाय माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस