मंकीपक्सबाट नाइजेरियामा पहिलो मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, ११ : ३७
मंकीपक्सबाट नाइजेरियामा पहिलो मृत्यु

काठमाडाैँ ।  विश्व स्वास्थ्य संगठन (डब्ल्युएच‌ओ)ले नाइजेरियामा मंकीपक्सबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ।मंगलबार जारी गरिएको प्रतिवेदनमा हालसम्म विश्वका ५० देशमा ३ हजार ४१३ वटा मन्कीपक्सका बिरामी भेटिएको बताइएको छ। जसमध्ये ४१ जना नाइजेरियामा छन्।

डब्ल्युएचओको प्रतिवेदनअनुसार जुन १७ देखि २२ सम्ममा आठ नयाँ देशमा १ हजार ३१० जनामा संक्रमण देखिएकाे छ।

प्रतिवेदनअनुसार हालसम्म बेलायतमा ७९३, स्पेनमा ५२०, पोर्चुगलमा ३१७, नेदरल्यान्डमा १६७, जर्मनीमा ५२१, फ्रान्समा २७७, अमेरिकामा १४७ र क्यानडामा २१०, बेल्जियममा ७७, इटालीमा ८५ र स्विजरल्याण्डमा ४६ जनामा मंकीपक्सकाे संक्रमण पुष्टि भएकाे छ।

प्रतिक्रिया दिनुहोस