बेलायतका प्रधानमन्त्रीले भने– पुटिन महिला भएको भए..

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, ११ : ३४
बेलायतका प्रधानमन्त्रीले भने– पुटिन महिला भएको भए..

काठमाडाैँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमाथि आक्रमण गर्र्दैनसथए होलान् भनी बयान दिएका छन् ।युक्रेन युद्ध पुरुष अहंकारको उम्दा उदाहरण भएको उनको भनाइ छ ।जी७ शिखर सम्मेलनपछि एक जर्मन सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जोनसनले रुसी राष्ट्रपतिको लिंग यस द्वन्द्वको महत्त्वपूर्ण योगदानकर्ता भएको बताए । 

जेडडीएफ टीभीसँगलाई जोनसनले भने, ‘पुटिन महिला भएको भए यस्तो किसिमको बौलाहा र मांसल आक्रमण तथा हिंसा गर्दैनथिए होलान् । तपाईंलाई विषाक्त पुरुषत्वको उम्दा उदाहरण चाहिन्छ भने पुटिनले युक्रेनमा गरिरहेको काम हेर्न सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस