काठमाडौं–विराटनगर उडान ढिलो गरी शुरू

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, ११ : ३१
काठमाडौं–विराटनगर उडान ढिलो गरी शुरू

काठमाडाैँ । मौसम खराबी कारण केही विमानस्थलमा बुधवार ढिलो गरी मात्रै उडान शुरू भएको छ ।

काठमाडौंबाट बाहिर जाने विमानस्थलमा विराटनगर मात्रै बिहान पौने ११ बजेपछि खुल्यो ।  अरू विमानस्थलमा उडान ढिलो गरेर भए पनि भइरहेको छ । नेपालगञ्जबाट हुने पश्चिमका विमानस्थलमा भने उडान हुन सकेको छैन । नेपालगञ्जबाट पश्चिमका डोल्पा, बाजुरा, डोटीसहितका क्षेत्रमा जाने उडान पूर्ण प्रभावित भएको छ । 

काठमाडौैंबाट हुने शहरी क्षेत्र (हब) विमानस्थलमा भने उडान नियमति नै भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस