चितवन । गैँडाको शिकार गरी खागको खरिदरबिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको कालिका नगरपालिका वडा नं ११ साबिक सिद्दी गा. वि.स वडा नं ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिदरबिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ