सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना केन्द्रित गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरी त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए । मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै, अन्य जिल्लाका विद्युत नपुगेको ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरी गाउँगाउँमा विद्युतीकरण गर्ने काम सुरु भएको उनले बताए ।
ग्रामीण विद्युतीकरणअन्तर्गत विद्युत प्रसारण लाइन पुगेका सात जिल्लाका गाउँगाउँमा विद्युत पु¥याई जनताले महसुस गर्ने गरी काम गर्नसमेत बजेट खर्च गरिन लागिएको हो ।
त्यस्तै, १० जिल्लामा कर्णाली उज्यालो कार्यक्रमबाट थप ठाउँमा विद्युत पुर्याइरहेको र बन्द भएका साना जलविद्युतलाई सुचारु गर्न सक्रियाताका साथ काम सुरु भएको मन्त्रालयले जनाएको छ । २० मेगावाटसम्मका विद्युत आयोजना पहिचान गरी विस्तृत सम्भाव्यता अध्ययन गर्ने, डिपिआर तयार भएका आयोजनालाई निर्माण कार्यमा लिनसमेत बजेट विनियोजन गरिएको छ । तिला र जोवा नदीमा जलविद्युत परियोजना अध्ययन तथा निर्माणका लागि समेत बजेट विनियोजना गरिएको मन्त्री सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय