काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित बैठकको उदघाटन समारोहलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरिरहेका छन् ।
देशभरबाट करिब एक हजार ५०० जना सहभागी भएको भनिएको सो बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका महासचिव डा वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण