काठमाडौँ । कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ ।
एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्हबारे भने सहमति भइसकेको छैन । नेकपा एसले कलम नै राखौँ भनिरहेको छ भने माओवादीले अर्को खोजौँ भन्दै छ । यसबारेमा पनि ठुलो विमति भने नहुने नेताहरू बताउँछन् ।
स्रोतका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन