कैलाली । आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको रु ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैंठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
प्रदेश सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लङ्घन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेशसभा सदस्यले बजेट संशोधनको माग गरेका थिए । सभामुख अर्जुनबहादुर थापाले सरकारको आग्रहमा ८ असारमा प्रदेशसभाको बैठक बोलाए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधि बजेटविरुद्ध एकजुट भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी