काठमाडौँ । सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवर्द्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका विषयक’ छलफलमा व्यवसायीलाई लगानी गर्न आह्वान गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी मङ्सिर १ र २ गते धनगढीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन गर्न लागिएको जानकारी दिए। उनले त्यस क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्दै निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्यहरू रहेकाले त्यहाँ नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए। मुख्यमन्त्री शाहले सुदूरपश्चिमका सम्भावनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उक्त प्रदेशका प्रतिनिधिमण्डल काठमाडौँमा आएर केन्द्रीय सरकार, निजी क्षेत्र, विभिन्न गैरसरकारी निकायसँग छलफल गरिरहेको मुख्यमन्त्री शाहले उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेश योजना आयोगका प्रतिनिधि नृप सुनारले त्यहाँको ऐतिहासिक महत्त्व, भौगोलिक अवस्थिति, पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले त्यहाँको आर्थिक तथा सामाजिक विकासका निम्ति देशभरका निजी क्षेत्रका व्यवसायीलाई आग्रह गर्दै सम्मेलनको प्रचारप्रसारका लागि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ भदौ २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता