एजेन्सी । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए ।
अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि राष्ट्रपतिले लालमोहर लगाउने छन् । राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ । राष्ट्रपतिले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताएका छन् ।
टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ । मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, पत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्ने अधिकारसहितका कार्यक्रम, आपराधिक पृष्ठभूमि जाँच प्रणालीमा किशोरकिशोरीका अभिलेख समावेशलगायत प्रावधान प्याकेजमा समावेश गरिएको छ ।
उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो । बन्दुक हिंसाको प्रकोप नियन्त्रण गर्ने विधेयकको धेरैले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० असार २०७९, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र
इरान र अमेरिकाबीच आणविक वार्ता पुन: सुरु हुने