काठमाडौँ । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका १ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए। उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु