काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी पीडित बचतकर्तालाई वितरण गरिएको रकम राज्य कोषबाट नभई सम्बन्धित सहकारी संस्थाका ऋणीबाट असुल गरिएको स्रोतबाट उपलब्ध गराइएको जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासनसँग सम्बन्धित व्यवस्थापन संयन्त्रअन्तर्गत रहेको समितिले सार्वजनिक जानकारी जारी गर्दै बचत फिर्ता प्रक्रिया कानुनी प्रावधानअनुसार सञ्चालन भइरहेको स्पष्ट पारेको हो ।
समितिका अनुसार समस्याग्रस्त घोषणा गरिएका २० वटा सहकारी संस्थाका १० हजार रुपैयाँभन्दा कम रकम दाबी गरेका साना बचतकर्तालाई चरणबद्ध रूपमा भुक्तानी भइरहेको छ । यस क्रममा चक्रीय कोष स्थापना गर्ने सम्बन्धी व्यवस्था भए पनि हालसम्म त्यस्तो कोष सञ्चालनमा आएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, १२ : ३१
लेखकबाट थप