भुकम्पले अफगानिस्तानमा ठुलो धनजनको क्षति, हालसम्म १ हजार बढीको मृत्यु, १५ सयजना घाईते

एजेन्सी

विहीबार, ०९ असार २०७९, ११ : ५३
भुकम्पले अफगानिस्तानमा ठुलो धनजनको क्षति, हालसम्म १ हजार बढीको मृत्यु, १५ सयजना घाईते

एजेन्सी । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १००० जनाको मृत्यु भएको र १५०० भन्दा बढी घाइते भएका छन् । तालिवान अधिकारीहरु अनुसार भुकम्पमा परि मृत्यु हुने र घाईते हुनेको संख्या यो भन्दा अझ धेरै हुन सक्ने अनुमान गरेका छन् ।

भुकम्पबाट भएको क्षति   सामाजिक सञ्जालमा आइरहेका तस्विरहरूबाट स्ष्पट देख्न सकिन्छ । भुकम्पले त्यहाँ भारी पहिरो जानुका साथै ठुलाठुला भवनहरु भत्किएका छन्  । सबैभन्दा धेरै क्षति पूर्वी प्रान्त पक्तिकामा भएको छ, जहाँ उद्धार टोलीले घाइतेहरूको उपचार गर्ने प्रयास गरिरहेको छ।

यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । तालिबान नेता हिब्तोल्लाह अखुन्दजादाले सयौं घर ध्वस्त भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। तालिवानका प्रकोप व्यवस्थापनका लागि उपमन्त्री सरफुद्दिन मुस्लिमले एक पत्रकार सम्मेलनमा कम्तिमा ९२० जनाको ज्यान गएको र ६०० भन्दा बढी घाइते भएको बताएका थिए । 
भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो ।

भूकम्पको धक्का अफगानिस्तानका साथै पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो । भूकम्पको सबैभन्दा ठुलो धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो । भुकम्प गत आईतबार रातिको ३ बजे तिर गएको थियो । त्यतिबेला मानिसहरु घरमै सुतिरहेका थिए ।