एजेन्सी । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्मा र दिल्ली बीजेपीका सहयोगी नवीन जिन्दलले पैगम्बर मोहम्मदमाथि गरेको विवादास्पद टिप्पणीले भारतको प्रतिष्ठामा ठेस पुगेको स्वीकार गरेका छन्।
मंगलबार समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा अजित डोभालले भनेका छन्, ‘यो कथनले अन्तर्राष्ट्रिय स्तरमा भारतको एउटा यस्तो छवि बनाएको छ, जुन वास्तविकताभन्दा टाढा छ । उनलाई सोधिएको थियो कि पैगम्बरको विवादमा देशव्यापी विरोध प्रदर्शनले भारतको प्रतिष्ठालाई हानि पुर्याएको छरु
यसको जवाफमा उनले भने, 'हो ९यसले भारतको प्रतिष्ठामा चोट पुर्याएको छ, यो अर्थमा भारतलाई यसरी देखाइएको छ वा भारतको विरुद्धमा त्यस्ता भ्रामक सूचनाहरू फैलाइएको छ, जुन सत्यबाट टाढा छ। उनीहरूसँग कुरा गर्नुहोस्, उनीहरूलाई विश्वास दिलाएपछि थाहा हुन्छ कि हामीले सम्बन्धित पक्षसँग चाहे त्यो देशमा होस् वा देश बाहिर जहाँसुकै कुरा गर्यौँ, उनीहरूलाई मनाउन सकेका छौँ, जब मानिसहरू भावनात्मक रूपमा उत्तेजित हुन्छन्, तब उनीहरूको व्यवहार अलिकति असङ्गत हुन्छ। ।' भाजपाकी पूर्व नेता नुपुर शर्माले एक टिभी बहसका क्रममा पैगम्बर मोहम्मदलाई लिएर विवादास्पद बयान दिएकी थिइन् । मुस्लिम देशहरूले भारतको यस वक्तव्यको औपचारिक विरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ असार २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’