एजेन्सी । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्मा र दिल्ली बीजेपीका सहयोगी नवीन जिन्दलले पैगम्बर मोहम्मदमाथि गरेको विवादास्पद टिप्पणीले भारतको प्रतिष्ठामा ठेस पुगेको स्वीकार गरेका छन्।
मंगलबार समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा अजित डोभालले भनेका छन्, ‘यो कथनले अन्तर्राष्ट्रिय स्तरमा भारतको एउटा यस्तो छवि बनाएको छ, जुन वास्तविकताभन्दा टाढा छ । उनलाई सोधिएको थियो कि पैगम्बरको विवादमा देशव्यापी विरोध प्रदर्शनले भारतको प्रतिष्ठालाई हानि पुर्याएको छरु
यसको जवाफमा उनले भने, 'हो ९यसले भारतको प्रतिष्ठामा चोट पुर्याएको छ, यो अर्थमा भारतलाई यसरी देखाइएको छ वा भारतको विरुद्धमा त्यस्ता भ्रामक सूचनाहरू फैलाइएको छ, जुन सत्यबाट टाढा छ। उनीहरूसँग कुरा गर्नुहोस्, उनीहरूलाई विश्वास दिलाएपछि थाहा हुन्छ कि हामीले सम्बन्धित पक्षसँग चाहे त्यो देशमा होस् वा देश बाहिर जहाँसुकै कुरा गर्यौँ, उनीहरूलाई मनाउन सकेका छौँ, जब मानिसहरू भावनात्मक रूपमा उत्तेजित हुन्छन्, तब उनीहरूको व्यवहार अलिकति असङ्गत हुन्छ। ।' भाजपाकी पूर्व नेता नुपुर शर्माले एक टिभी बहसका क्रममा पैगम्बर मोहम्मदलाई लिएर विवादास्पद बयान दिएकी थिइन् । मुस्लिम देशहरूले भारतको यस वक्तव्यको औपचारिक विरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ असार २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा