पेट्रोलमा प्रतिलिटर २१ र डिजल/मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले बढ्यो

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, ०७ : ००
पेट्रोलमा प्रतिलिटर २१ र डिजल/मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस