काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते बिहान रातिदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ ।
जसअनुसार,
पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा
दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ
तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने
डिजेल र मट्टीतेल
पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा
दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ
तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।
निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । आफ्नो पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको निगमले जनाएको छ ।
निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०८२, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टितेलको यथावत्
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब कति पर्छ ?