काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति उत्तरदायी नभएको बताएका छन् । लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री समितिमा नआउनु खेदजनक भएको टिप्पणी गरे ।
आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले भने, ‘आज प्रधानमन्त्री देउवा नआउनुको कारण संसदप्रति अनुत्तरदायी, आफैँले बनाएको संविधानका प्रश्तावनाहरुको अवज्ञा, र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई माननीय सभापतिज्यूले जानकारी गराउनुभए अनुसार आज बैठक छ विहान ८ बजे सचिवालयबाट खबर पठाउनु भयो । त्यो भन्दा दुःख लाग्दो कुरो के हुनसक्छ ? यस्तो पनि लोकतान्त्रिक प्रणाली हुन्छ र कतै मुलुकमा ?’
उनले फेरि भने, ‘संसारको कुनै हाम्रोजस्तो प्रणाली भएको देशमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा वा कुनैपनि समितिमा आउँछु भनेर अकारण गम्भीर मानविय समस्या परेको बाहेक, दुई घण्टा अगाडी म आउँदिन भनेर आफ्नो सचिवालयबाट खबर दिनु कहीँ सुनेको, पढेको छौँ हामी कसैले ? यो खेदजनक कुरा हो ।’
त्यस्तै उनले देशको उत्तरदायी प्रधानमन्त्रीले यस्तो नगर्ने कुराको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताए । उनले भने, ‘यदि यो उत्तरदायी प्रणाली हो भने । यदि यो जनताप्रति उत्तरदायी प्रणाली हो र अहिलेको गठबन्धन सरकार यो उत्तरदायी प्रणालीप्रति प्रतिवद्ध छ भने ।’
उनले एसपीपी रद्द गर्नका लागि प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्ने बताए । गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानसेनापतिले एसपीपी अगाडि बढाउँदैनौ भनेर भनिसक्दा पनि प्रधानमन्त्रीले अमेरिकालाई पत्र नलेख्नुले आशंका उब्जिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै