काठमाडौं । प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमण छलफलको एजेण्डा रहेको छ ।
देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको छ । शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।
उक्त बैठकले सरकारको भनाइ मौखिकरूपमा नभइ निर्णयका रूपमा आउनुपर्ने ठहर गरेको थियो । यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल भइसकेको छ ।
समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?