काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) र शनिबार सुदूरपश्चिममा रहने भएका छन् । प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम छ ।
विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रोफेसर एसके जोशी पनि आउने बताइएको छ ।
यस्तै प्रधानमन्त्री देउवाको भोलि धनगढीमा कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले शनिबार विहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?