काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रादेशिक तहको खोरजी माग गर्नुका साथै अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरिएको छ ।
संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गर्न पनि माग गरिएको छ ।
राप्रपा पाँचथरको तर्फबाट जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीको नेतृत्वमा राप्रपा पाँचथरले नारा जुलुसहित फिदिम बजार परिक्रमा गरेको थियो । पूर्व केन्द्रीय सदस्य मानदेव केरुङ, जिल्ला नेताहरु कमल चेम्जोङ, झलक थापा, कमल कुमार राई, जगतजंग लावती, वडा अध्यक्षद्वय होमराज थाम्सुहाङ र उपेन्द्र लावतीलगायत नेता, कार्यकर्ताहरु जुलुसमा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने