काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् ।
प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताए । प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए । प्रचण्डसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि देउवालाई भेट गर्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् ताकाइची
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै
निर्वाचन तयारी : आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री