काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार पनि जारी रहने भएको छ । बुधबार बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि छलफल हुने महासचिव बेदुराम भुसालले जानकारी दिए ।
यसअघि मंगलबारको बैठकमा सातै प्रदेशका इन्चार्जबाट रिपोर्ट पेश भएको थियो । यसअघिको सचिवालय बैठकले स्थानीय चुनावमा गठबन्धनबाट धोका भएको निष्कर्ष निकाल्दै देशभरबाट विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो ।
सोही अनुसार मंगलबार अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकमा ७ वटै प्रदेशबाट इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका हुन् । त्यसरी रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबाट सावित्रा भुसाल, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदुरपश्चिम प्रदेशबाट गरिमा शाह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय