काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको हुन लागेको अमेरिका भ्रमणबारे संसदमा चर्को कुरा उठिरहेको छ । यसै क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि उक्त भ्रमणबारे संसदलाई जानकारी दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले अमेरिका के र कुन प्रयोजनका लागि हुन लागेको हो, सो बारे संसद र जनतालाई जानकारी गराउनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । आइतबार नेकपा एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीको अमेरिका भ्रमण रहस्यमय हुन लागेको भन्दै यसबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।
आज अध्यक्ष नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको परराष्ट्र नीतिबारे बोल्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी माग गरेका हुन् । उनले उक्त भ्रमणका कारण छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धमा खलल हुने अवस्था आउन नहुने बताए ।
नेपाललाई अमेरिकी सुरक्षा छाताभित्र राख्ने कोसिस भइरहेको र यसैबारे प्रधानमन्त्रीको भ्रमण हुन लागेको आशंका गरिएका बेला नेता नेपालले स्वतन्त्र र सार्वभौम राष्ट्रको मर्यादा भुल्न नहुने बताए । उनले नेपालको असंलग्न परराष्ट्र नीतिमा विचलन आउने कुनै पनि भ्रमण या सम्झौता हुन नहुने समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा