एजेन्सी । अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।
आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० जेठ २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर