काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर सभा असार ५ गते हुने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले २०७९ को स्थानीय तहको निर्वाचनपछि पहिलोपटक नगरसभा बोलाउने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले नगरसभाको बैठक आह्वान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठनलगायतको निर्णय गरेको छ ।
आइतबार विहानको कार्यपालिका बैठकले उपमेयर सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा नं १४ का वडाअध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका महानगरपालिकाले जनाएको छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहेका छन् ।
उपमेयर डंगोलका अनुसार आइतबार नै राजस्व परामर्श समितिको पहिलो वैठक बसेको छ । समितिमा उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग सम्बन्धी संस्थाका प्रतिनिधिलाई पनि राखिएको छ ।
कार्यपालिका बैठकले गठन गरेको विभिन्न समितिको संयोजकहरुको वैठक पनि आइतबार नै बसेको छ ।सुशासन समितिका संयोजक वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिका वडा नं १० का अध्यक्ष रामकुमार केसी, पूर्वाधार समितिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल, वातावरण समितिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिका वडा नं ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिका वडा नं १७ का अध्यक्ष नविन मानन्धर, शिक्षा र स्वास्थ्य समितिका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिका वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिका वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिका संयोजक वडा ३ का अध्यक्ष प्रेम थापाकोे संयुक्त वैठक बसेका मेयर बालेन साहको सचिवालयले जानकारी दिएको छ ।
संयोजकहरुको वैठकमा समितिले गर्नुपर्ने काम र वर्तमान अवस्थाबारे छलफल भएको सचिवालयले जानकारी दिएकोे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह