काठमाडौं। काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहोरबाट निस्कने धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन् ।
महानगरबाट फोहोर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहोर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन् ।
उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम