राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर दाहाल

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १५ : ५१
राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर निर्माणधिन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने बताएकी छिन । 

भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिवशक्ति युवा क्लब भरतपुर–१४ र सुर्योदय क्लब भरतपुर–१५ ले आईतबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा उल्लेख गरीन।

भरतपुर महानगरपालिका वडा नम्बर १४,१५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणधिन र निर्माण गरिने क्रममा रहेकाले यसले ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने मेयर दाहालको भनाई छ ।

भरतपुरमा हुने विकासले नै रोजगारी सिर्जना हुने भएकाले महानगरपालिकाले यस्ता परियोजनालाई उच्च प्रथामिकतामा राखेको उल्लेख गरीन ।भरतपुर १४ र १५ को सिमानामा ३०० शैयाको केन्द्रीय शिक्षक अस्पताल, वडा नम्बर २१ मा केन्द्रीय उद्योगग्राम निर्माण भएपछि यहाँका स्थानीयले रोजगारी पाउने छन्–मेयर दाहालले भनिन ।

भरतपुर महानगरपालिकाले युवासँग मेयर कार्यक्रममार्फत बैँकबाट रु ५ लाख ऋण लिने उद्यमीलाई ब्याजमा शतप्रतिशत अनुदान प्रदान गर्दै आईरहेको बताउदै मेयर दाहालले यो रकमभन्दा बढी ऋण लिनेलाई सहुलियत प्रदान गर्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जानकारी दिइन ।मेयर दाहालले महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने स्पष्ट नीतिअनुसार रोजगारी बैँक निर्माणको तयारीमा रहेको बताइन
 ।  
कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरुले सीप, दक्षतामा ध्यान दिनुपर्ने बताउनुभयो । विकास निर्माणको कार्यमा सीप तथा दक्ष व्यक्तिको आवश्यक पर्ने भएकाले सबैले कुनै न कुनै सीप सिकेर बस्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा भरतपुर–२१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ, भरपतुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा, भरतपुर महानगर कार्यपालिका सदस्य कोपिला उपरकोटी, भरतपुर महानगरका वरिष्ठ इन्जिनियर बिराट घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस