भरतपुर । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले समृद्द भरतपुरको दीर्घकालिन योजनासहितको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी छिन् । नगर प्रमुखको दोस्रो कार्यकाल सम्हाल्दै गरेकी उनले आफुले भरतपुर महानगरपालिकाको मेयर भएदेखि गरेका कतिपय विकास योजनालाई निरन्तरता दिएकी छिन् भने कतिपय नयाँ योजनाहरुलाइृ समेटदै मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अगाडी सारेकी हुन् ।
नगरसभामा आथिर्क वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज (आइतबार) घोषणा गदै उनले भरतपुरलाई समावेशी, सुसंस्कृत, समृद्ध र आत्मनिर्भर बनाउने दिशामा योजनाबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएकी हुन् । यसको अर्थ उनले महानगरपालिाकाको विकासका लागि बोल्ने भन्दा काम देखिने विकास भरतपुरको चिनारी भएको सन्देश दिन खोजेकी छिन् ।
पूर्वाधार विकासमा स्मार्ट सडक, ढलसहित कालोपत्रे, हरियाली पार्क, सामाजिक रूपान्तरणको क्षेत्रमा शिक्षा, स्वास्थ्य, महिला र बाल सशक्तीकरण तथा आर्थिक आत्मनिर्भरताको क्षेत्रमा कृषि अनुदान, स्वरोजगार, डिजिटल शासनजस्ता विषयलाइृ नीति कार्यक्रममा प्राथमिकतामा राखेी नगरप्रमुख दाहालले नीति तथा कार्यक्रम सन्तुलित, समावेशी र व्यवहारमा लागू हुने गरी दीर्घकालिन सोचका साथ ल्याएको देखिएको छ । भरतपुर महानगरपालिकाको भौतिक स्वरूपसँगै सामाजिक र संस्थागत रूपान्तरणलाई पनि समान महत्व दिनेगरी दाहालले नीति कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
‘हामी सूचना प्रविधिको उच्चतम प्रयोग र सबै क्षेत्रमा समयानुकूल नवप्रवर्तन अवलम्बन गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको माध्यमद्वारा आधुनिक भरतपुर, समृद्ध भरतपुरको आकांक्षा साकार गर्न प्रतिबद्धताका साथ क्रियाशील छौं । हामीसँग उपलब्ध स्रोतको न्यायोचित वितरण र दक्षतापूर्ण उपयोग गर्दै नागरिकलाई परिवर्तनको अनुभूति हुने गरी हामीले धेरै रूपान्तरणकारी योजनाहरू कार्यान्वयनमा ल्याएका छौं, ल्याउँदैछौं ।’
नगरप्रमुख मेयरको यो भनाइले बोल्ने भन्दा काम देखिने गरी गर्ने र भरतपुरलाइृ आधुनिक र समृद्द बनाउने योजनाभित्र समेटने कोसिस गरिएको छ । ‘शहर परिवर्तनको मूल आधार बलियो पूर्वाधार भएकोमा जोड दिँदै मेयर दाहालले भरतपुरलाई स्वच्छ, सुरक्षित र आधुनिक शहर बनाउने लक्ष्यमा अडिग रहेको प्रतिवद्दता जनाएकी छिन् ।
हेर्नुहोस् मेयर दाहालले नगरसभामा प्रस्तुत गरेकी नीति तथा कार्यक्रमको पूर्ण पाठ :-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको प्रशासकीय भवन बनाउन बागमती सरकारले ३ करोड निकासा दिने
चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली भरतपुरमा
भरतपुरले दियो फोहोर संकलनका लागि साढे सात करोडमा ठेक्का
खराब मौसमका कारण भरतपुरसहित तीन विमानस्थलमा हुन सकेन उडान
भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित