काठमाडौं । नेपाली कांग्रेस कानेपोखरीले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
कांग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रिय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाही सिफारिस गरिएको हो ।
उनीहरुलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न भन्दै कानेपोखरी गाउँ कमिटीले जिल्ला कमिटीलाई पत्र पठाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कानेपोखरी गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई चुनावमा असहयोग गरेको कांग्रेस कानेपोखरीले ठहर गरेको छ । आफुलाई चुनाव हराउँन उनीहरुले भूमिका निर्वाह गरेर असहयोग गरेको भन्दै अध्यक्षका उम्मेदवार भट्टराईले कानेपोखरी गाउँपालिका कमिटीमा उजुरी दिएका थिए ।
सोही आधारमा गाउँ कमिटीले अनुगमन गर्दा उनीहरुले अतर्घात गरेको निष्कर्ष निकालेको हो । ‘चुनावमा आफ्ना उम्मेदवारलाई मत नदिन र बिभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ,’ कानेपोखरी कांग्रेसले जिल्ला कमिटीलाई पठाएको कारबाही सिफारिस पत्रमा भनिएको छ, ‘चारै जनालाई कांग्रेसको विधान अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
सभापतिको राजीनामा पछि कांग्रेसमा अब के हुन्छ ? (प्रक्रियासहित)
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
काँग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस