काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी थालेको छ ।असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुरूप प्रदेश सरकारको आर्थिक मन्त्रालयसहितका अन्य मन्त्रालयलहरू अन्तिम तयारीमा जुटेका छन् ।
प्रदेश सरकारले संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि सशर्त अनुदानको १० अर्ब ६ करोड, विशेष अनुदान २ अर्ब ५६ करोड, सामानीकरण अनुदानवापत ७ अर्ब ८१ करोड, राजस्व बाडफाँड करिब साढे ७ अर्ब र समपुरक बजेट ७८ करोड गरी २८ अर्ब ७२ करोड रकम मधेश प्रदेश सरकारले पाउनेछ ।
त्यसबाहेक प्रदेशको आन्तरिक अनुमानित आम्दानी साढे ३ अर्ब, चालु आर्थिक वर्षको बजेटमा खर्च हुन सक्ने अनुमानित रकम ९ अर्ब र आन्तरिक ऋण १ अर्ब समावेश गरी सरकारले करिब ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको जनाइएको छ ।
चालु आर्थिक वर्षको बजेट करिब ३४ अर्ब रहेको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च हुने अनुमान छ । त्योभन्दा कम खर्च भए बजेटको आकार अझै बढ्ने बताइएको छ ।
यता, आर्थिक संकट र संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै संघीय सरकारले आगामी आर्थिक वर्षमा संसदीय विकास कार्यक्रमको बजेट हटाए पनि मधेश प्रदेश सरकारले भने ल्याउने भएको छ ।
संघीय सरकारले मुलुकमा आर्थिक संकट र आगामी आर्थिक वर्षमै निर्वाचन भएकाले पनि व्यवहारिक नहुने भनेर संघीय सरकारले बजेट काटेको छ । तर, मधेश प्रदेश सरकारले त्यसलाई बेवास्ता गर्दै संसदीय विकास कार्यक्रमको लागि बजेट राख्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ