काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्। जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन्।
स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो। त्यतिबेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए। फागुनमा केन्द्रीय समिति बैठकले असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै दुई अध्यक्ष राख्ने विषय टुंगो लगाउने निर्णय गरेपछि असन्तुष्ट पक्षधर नेताहरू चुप लागेका थिए।
त्यो बेला अध्यक्ष यादव एक कदम पछि हटेका थिए। केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक नबस्ने अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा तीनजना नेता भट्टराई, यादव र राईलाई जिम्मेवारी दिने सहमति गरिएको थियो। तीनजना नेतालाई अधिकार दिएर पार्टी मुख्यालय गठन गरिएको थियो।
यसैगरी केन्द्रीय समितिले निर्वाचनमा उम्मेदवारको मनोयनपत्रमा पार्टीका तर्फबाट हस्ताक्षर गर्ने अधिकार राईलाई दिएको थियो। त्यसपछि पार्टीमा अस्थायी मेलमिलाप भयो। यसैबीचमा स्थानीय तहको निर्वाचन भयो। निर्वाचनपछि अस्थायी मेलमिलाप भंग भएको छ।
पार्टी विधानअनुसार अर्को एक जनालाई अध्यक्ष बनाउन असन्तुष्ट नेताहरूले यादवमाथि फेरि दबाब बढाउन थालेका छन्। उनीहरूको पहिलो माग तोकिएको मिति असार १ र २ मा विधान अधिवेशन बोलाउनुपर्ने छ। विधान अधिवेशन बोलाउन कार्यकारिणी समितिका अध्यक्ष यादव तयार हुनुपर्छ। तर यादवले तत्काल विधान अधिवेशन बोलाउने छाँटकाँट देखाएका छैनन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ जेठ २०७९, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी