काठमाडौं । गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए ।
सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् ।
उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।
पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्यो ।
अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्यो ।
‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो । हामी अनुसन्धान गरिरहेका छौं ।’
उनलाई आपराधिक विश्वासघाट मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए । उनले अरुलाई पनि त्यस्तो गरे नगरेको भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ