काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न विभागमा मनोनयन गरेको छ । बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभागमा मनोनयन गरेका हुन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको छ । यस्तै महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रीय सदस्य डा राजेश गरी र सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौलालाई नियुक्त गरिएको छ ।
यस्तै पार्टीको विवाद समाधान समितिलाई पनि पूर्णता दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग