एजेन्सी । पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्याउने भएको छ । ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो । योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।
गठबन्धन सरकारको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन् । पछिल्लो समयमा पाकिस्तानमा उर्जा संकट चर्किएको छ ।
लोडसेडिङको समय र इन्धनको मूल्यमा बृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ । गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको उर्जा उत्पादन घाटामा छ ।
‘हामीले गम्भीर संकट सामना गरेका छौँ । ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ । हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, सूचना मन्त्री मरियम औरंगजेबले मंगलबार एक पत्रकार सम्मेलनमा भने । मानिसहरूलाई शुक्रबार घरबाट काम गर्न दिने र इन्धन भण्डारमा बोझ कम गर्न व्यावसायिक बजारहरू बन्द गर्ने बारेमा पनि अध्ययन भइरहेको छ ।
एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि देशमा आक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्णप्रतिबन्धलाई पनि अनुमोदन गरेको छ ।
‘सम्बन्धित समितिले अनुमति दिएपछि मात्र अनिवार्य भ्रमण र महत्वपूर्ण द्विपक्षीय भ्रमणलाई अनुमति दिइनेछ’, सूचनामन्त्रीले औरंगजेबले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु