काठमाडौं । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ ।
जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
विदेशी मुद्रातको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको बिरोध भइरहेको थियो । इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी नदेखिएका कारण यस्तो व्यवस्था खारेज गरिएको उनले जानकारी दिए ।
दुई दिन बिदा दिने निर्णय सोमबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव