काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ ।
जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो ।
सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरुलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय भएको बताएका छन् । त्यसका लागि पार्टी सदस्यहरुबाट न्युनतम १०० रुपैयाँ आर्थिक सहयोग संकलन गरी एक महिनाभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन