चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गरेर सहयोग गर्न भरतपुरबासीलाई आह्वान गरेकी छिन् ।
भरतपुर–५ स्थित रामेश्वर शिवालय मन्दिरमा सोमबार आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रममा बोल्दै उनले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् ।
‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी नभनि विगतमा मैले काम गरेकी हुँ, उनले भनिन्,‘आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु ।’
उनले यो वा त्यो पार्टीको नभनेर कुनै पनि भेदभाव नहुने उल्लेख गरिन् । जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उनले सबै नगरबासीहरु सहकार्य, एकताको भावनाबाट अगाडी बढ्नु पर्नेमा जोड दिईन् । विगतमा जसरी काम गरेर हँुदैन, त्यो भन्दामाथि उठेर काम गर्ने संकल्प मैले गरेको छु–मेयर दाहालले भनिन् ।
दोस्रो कार्यकालको लागि जनताको मन जित्न, विश्वास जित्न र मत लिने कुरा चुनौतीपूर्ण रहेको मेयर दाहालको भनाई थियो । भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न वृक्षारोपण सहितको सडक बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी दिदैं भनिन्, सबै वडाको सुन्दरता, सरसफाईलाई विषेश प्रथामिकतामा राख्दै कार्यक्रम पनि अगाडी बढाईएको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
संसदीय निर्वाचनको तयारीसहित भरतपुर महानगर प्रमुख रेनु दाहालले दिइन् राजीनामा
चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास