काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामबाट अत्यन्तै असन्तुष्ट रहेको बताएका छन ।
तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताए। उनले पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उनको भनाइ छ ।
‘स्थानीय निर्वाचनको परिणामबाट अलिअलि मात्र होइन, बेहद असन्तुष्ट छौं,’ उनले भने, ‘गठबन्धन पनि सम्मानजनक सिट बाँडफाँट भएन, त्यसैमा हो हामी असन्तुष्ट भएका ।’
आफ्ना असन्तुष्टिहरु पाँचदलबीचमा पनि राखेको र आफूहरुले पनि समीक्षा गरिरहेको सम्मानि नेता खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल