काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४५ अंकको गिरावट आएको छ । २२ सय २३ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक साताभरमा करिब ६ प्रतिशतको गिरावटसँगै २०७८ अंकमा आइपुगेको हो । यससँगै यस साता नेप्सेमा सेन्सेटिभ इण्डेक्स ६.२० प्रतिशत र फ्लोट इन्डेक्स ६.१९ प्रतिशतले खुम्चिएको छ ।
साताको ५ कारोबार दिन नै घटेको नेप्सेमा झण्डै १५० अंकको गिरावट देखिएको थियो । नेप्से परिसूचक उच्च अंकले घटे पनि यो साता सेयर कारोबार रकम भने बढेको छ । साताको ५ कारोबार दिनमा ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
जुन, गत साता ५ अर्ब ७० करोड रुपैयाँ आसपास मात्रै कारोबार भएको थियो । परिसूचक झण्डै डेढ सय अंकले घट्दा बजार पुँजीकरणमा २ खर्बभन्दा बढीको गिरावट आएको छ । गत सातासम्म ३१ खर्ब ६६ अर्ब रुपैयाँ पूँजीकरण रहेको बजार यो साता २ खर्बले घटेसँगै २९ अर्ब ५९ करोड रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार