काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४५ अंकको गिरावट आएको छ । २२ सय २३ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक साताभरमा करिब ६ प्रतिशतको गिरावटसँगै २०७८ अंकमा आइपुगेको हो । यससँगै यस साता नेप्सेमा सेन्सेटिभ इण्डेक्स ६.२० प्रतिशत र फ्लोट इन्डेक्स ६.१९ प्रतिशतले खुम्चिएको छ ।
साताको ५ कारोबार दिन नै घटेको नेप्सेमा झण्डै १५० अंकको गिरावट देखिएको थियो । नेप्से परिसूचक उच्च अंकले घटे पनि यो साता सेयर कारोबार रकम भने बढेको छ । साताको ५ कारोबार दिनमा ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
जुन, गत साता ५ अर्ब ७० करोड रुपैयाँ आसपास मात्रै कारोबार भएको थियो । परिसूचक झण्डै डेढ सय अंकले घट्दा बजार पुँजीकरणमा २ खर्बभन्दा बढीको गिरावट आएको छ । गत सातासम्म ३१ खर्ब ६६ अर्ब रुपैयाँ पूँजीकरण रहेको बजार यो साता २ खर्बले घटेसँगै २९ अर्ब ५९ करोड रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे