काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसअघि गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो ।
बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टी विभाजन गर्नेहरूलाई अराजकतावादीको संज्ञा दिए । हेमन्त प्रकाश ओली, खड्ग बहादुर विश्वकर्मा लगायतलाई उनले रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादीको आरोप लगाएका हुन् । महासचिव विप्लवले उनीहरूलाई पार्टीमा फर्किन समेत अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव